राजधानीको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा गुठीयारहरुले आगजनी गरेका छन् । पचली भैरव गुठीको जग्गामा विद्यालयले व्यापारिक भवन निमार्ण थालेको भन्दै गुठीयारहरुले आगजनी गरेका हुन् ।
लामो समयदेखी गुठी र विद्यालयबीचको जग्गा विवाद समाधान गर्न डाकिएको छलफलमा वडाअध्यक्ष विकास डंगोलले गुठियारहरुलाई गर्न सके जति गर्नुस् भनेर चुनौति दिएपछि आक्रोशित भिडले निर्माणाधिन भवनका पिल्लर निकालेर आगो लगाएका छन् । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण पाधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो ।