सोमबार र मंगलबार देशैभर भारी वर्षाको अनुमान गरिएको छ । मौसमविदले मनसुनी रेखा नेपालतिर सरिरहेको भन्दै केही दिन भारी वर्षा हुने पूर्वानुमान गरेका छन् ।
मौसमविद मञ्जु बासीका अनुसार मनसुनी रेखा दक्षिणतिरबाट बिस्तारै नेपालतिर सर्दै आएको र रेखा सोमबार नेपाल भित्रिने छ । सोमबार र मंगलबार भारी वर्षा हुने उनको भनाई छ ।