ललितपुरको सानेपामा एम्बुलेन्सले ट्याक्सी र मोटरसाईकललाई ठक्कर दिएको छ । तिर्थलाल ताजपुरिया स्मृति प्रतिष्ठानको बा १८ च ८१७२ नम्बरको खाली एम्बुलेन्सले ट्याक्सी र मोटरसाईकललाई ठक्कर दिएको सानेपा ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
चक्रपथ अन्तर्गतको स्टार हस्पिटल नजिकै एम्बुलेन्सले ठक्कर दिएको बताईएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।