काठमाडौँ महानगरपालिकाले नगर भित्र रहेका सम्पूर्ण चलचित्र घरहरुलाई कर तिर्न ताकेता गरेको छ । महानगरले एक सूचना जारि गर्दै १५ दिन भित्र कर तिर्न आउँन र सो समयमा कर तिर्न नआएमा कारवाही गर्ने चेतवानी दिएको छ ।
महानगरले सम्पूर्ण चलचित्र घरहरुलाई आर्थिक बर्ष ७५/७६ मा मनोरञ्जन कर वापत दर्शकबाट लिएको रकम कर वापत बुझाउन भनेको हो । चलचित्र घरहरुले हरेक टिकट बिक्रि वापत ५ प्रतिशत कर उठाउदै आएका छन् ।
यसरी उठाएको कर प्रत्यक महिना समाप्त भएको २५ दिन भित्र बुझाउनु पर्ने ब्यबस्था रहेपनि चलचित्र घरहरुले हाल सम्म पनि नबुझाएको महानगरले जनाएको छ । महानगरले १५ दिन भित्र बक्यौता सहित उक्त कर तिर्न ताकेता गरेको हो ।