निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम गरिने भएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ गरी ५० पदका लागि हुने उपनिर्वाचनमा ५ लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।
निर्वाचनमा ६ हजार ८ सय जनशक्ति परिचालन गरिनेछ । आयोगले ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ ।