पत्रकार सालिकराम पुडासैनीको हत्या प्रकरणमा छानबिनका लागि हिरासतमा रहेका टेलिभिन प्रस्तोता रबी लामिछानेको अन्तरवार्ता सार्वजनिक गर्नेलाई चितवन प्हरीले कारबाही गर्ने जनाएको छ । हिरातका क्रममा आफूले प्रहरीबाटै असुरक्षित महशुस गरेको भन्दै रबीको अडियो अन्तरवार्ता सार्वजनिक भएपछि प्रहरी दोहोरो तनावमा परेको छ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा भएको व्यक्तिको अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कारबाही गर्ने चेतावनी दउिका छन् । अनुसन्धानकै क्रममा रहेको व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कानुन अनुसार कारबाही गरिने बताएका हुन् । कस्ले, कसरी ? अन्तरवार्ता लिएर सार्वजनिक गर्यो भन्नेबारे अनुसन्धान थालिने एसपी मल्लको भनाइ छ ।
रबी लामिछानेलाई हिरासतमा भेट्न गएका एक पत्रकारले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका थिए ।