कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा पुनः नियुक्त भएका छन्। करिब एक बर्षअघि राजिनामा दिएर बाहिरिएका शर्मा पुरानो जिम्मेवारीको साथ पुन: कान्तिपुर फर्किएको प्रधान सम्पादकबाट राजीनामा दिएका नारायण वाग्लेले जनाएका छन।
शर्मालाई सोमबार देखि नै जिम्मेवारी सम्हाल्ने गरि आज प्रधान सम्पादकमा नियुक्त गरिएको छ । शर्माले करिब एकवर्ष पहिले राजीनामा दिएर वाग्ले कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका थिए।
“पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर मैले पेशागत जविनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु,” वाग्लेले कान्तिपुरबाट बिदा भएको जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्, “कान्तिपुर दैनिकबाट राजीनामा ।” उनले शर्मालाई सवागत गर्दै आफ्नो जिम्मेबारी सम्पिन पाउँदा प्रसन्न भएको बताएका छन् ।
“मुख्य कुरा बल्ल ! जसले मलाई एक वर्षअघि जिम्मेबारी हस्तान्तरण गरेका थिए त्यो आज उनै प्रिय मित्र सुधीर शर्मालाई सम्पिन पाउँदा म विशेष प्रसन्न छु । उनको व्यावसायिकता निपुणता र समपर्णले पत्रिकालाई बदलिँदा चु्नौतीबीच थप सुदृढ गर्नेमा म ढुक्क छु । कान्तिपुर, जसको जन्मदेखि सुरुका सत्र वर्ष म संलग्न रहेँ, दस वर्षपछि फर्केर एक वर्ष फेरि सेवा गर्न पाएँ, झन् खारिँदै सार्वजनिक हितमुखी पत्रकारिताको अगुवाई गरिरहने विश्वास गरेको छु ।”
उनले पत्रिकामा यस वर्ष केही भूलचुक भए माफ पाउँ भन्दै कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, सहकर्मीहरु सबैप्रति आभार व्यक्त गरेका छन् ।
तस्बिरः स्वरूप आचार्यको ट्विटरबाट