रवि लामिछानेसहित तीनै जनाको बैंक खाता छानबिनमा, राष्ट्र बैंकलाई परिपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 06:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बैंक खाता छानविन हुने भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित आरोप लागेका तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको हो।

पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले  विभिन्न व्यापारीहरुबाट रविले मोटो रकम उठाउने गरेको उल्लेख गरेका थिए।  भिडियोमा लामिछाने सञ्चालक रहेको न्युज २४ को ‘सिधा कुरा जनतासँग’ टिमले बालुवाखानी, ठूला व्यापारिक प्रतिष्ठान, व्यवसायीहरूसँग करोडौं रकम अशुल्ने गरेको उल्लेख थियो।

भिडियोमा आरोप लगाईएपछि यस विषयमा आवश्यक छानविन गर्न बैंक खाता विवरण मगाईएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा लामिछानेले  केही रकम अमेरिका पठाउने गरेको भेटिएको प्रहरी स्रोतले जनाएको छ।

बैंक खाताको विवरण प्राप्त भएपछि त्यसमाथि अनुसन्धान गरेर  अभियोग पत्रकै रुपमा सरकारी वकिलमार्फत अदालतमा बुझाइने छ।  प्रहरी तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको अनुसन्धान गर्ने छन्  

रवी भने ५ लाख धरौटी तिरेर रिहा भई सकेका छन् । यद्दपी धरौटीमा रिहा हुनु भनेको उनि निर्दोष छन भन्ने नभएको कानुनविदहरु बताउछन। उनीहरुका अनुसार अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो तर यो नै अन्तिम फैसला होइन। 

रबिबाट कारबाहीको अधिकतम सिमा अर्थात ५ लाख धरौटी माग्नु नै उनि कतै न कतै पछि कसुरदार ठहरिन सक्छन भन्ने रहेको कानुनविदहरुको भनाई छ। उनीहरुकाअनुसार यो फौजदारी अभियोग हो, रवीले आफै तारेख धाउनुपर्छ, वारेस राख्न पाउंदैनन । अभियोगपत्र संग सम्बन्धित थप प्रमाण फेला परे सरकारी वकिल मार्फत प्रहरीले थप प्रमाण पेस गर्न सक्छन। अब अभियोगबाट सफाइ नपाउन्जेल रविले यो केसको बारेमा वा प्रमाण बिना अरु कुनै बिषयमा आफ्नो कार्यक्रममा बोल्न मिल्दैन।

यो पनि : 

फेरी पक्राउ पर्न सक्छन रवी लामिछाने, यस्तो छ कारण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved