आदेश पुनरावलोकनको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले उच्च अदालतमा निवेदन दिएका छन् । चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उनीहर उच्च अदालत पुगेका हुन् । उनीहरुले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भन्ने व्यहोरा उल्लेख छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ मा जिल्ला अदालतको आदेश चित्त नबुझेमा ऊच अदालत जान सकिने उल्लेख छ । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।