पसल माथिको कोठा भाडामा लिएर त्यहि तला फोडेर चोरी भएको घटना सुन्दा यो कुनै चलचित्रको कथा जस्तो लाग्न सक्छ । तर यो कुनै काल्पनिक कथा नभई वास्तविक घटना हो ।
कसरी भयो घटना ?
हिम्मत प्रकाशको ब्यबसायिक भवनमा सुन पसल थियो । त्यहि भवनको माथिल्लो कोठाहरु बस्नको लागि भाडामा लगाईन्थ्यो । त्यहि माथिको कोठामा बस्न पुगे मोहम्मद हुसैन । उनी त्यहाँ ३ हप्ता बसे । बेला बेलामा उनी ग्राहक बनेर प्रकाशको पसलमा गई रहन्थे । उनले ग्राहक बनेर गएर प्रकाशको पसलमा कस्तो सुन कहाँ छ मात्र पत्ता लगाएनन । प्रकाशको जाने समय आउने समय, उनको क्रियाकलाप र त्यहाँ भएका दराजका प्रकृति पनि पत्ता लगाए ।
त्यस पनि सुरु भयो चोरी गर्ने योजना । उनले आफु बसेको कोठाको भुईमा प्वाल पार्न थाले जुन भुई सुन पसलको छत थियो । डेढ फोटो बाक्लो छतमा उनले १० दिन लगाएर रात भर प्वाल पार्ने कामलाई तिब्रता दिए । उनले ल्याएको मेशिनले ठुलो आवाज गरेपछि अन्य ग्राहकले होटेल प्रसाशनलाई खबर गरेका रहेछन । तर सयोगबस त्यहि समय होटेल कै अर्को भागमा निर्माण कार्य तिब्र भईरहेको रहेछ । होटेलले निर्माण कार्यजारी रहेकाले केहि समय आवाज आउने भन्दै असुविधाको लागि माफी माग्यो ।
हुन् त् होटेलका सबै कोठा २ दिनमा १ पटक सफा गर्नको लागि रुम सर्भिसका मानिस आउंथे । तर हुसैनले आफुले खनेको भागलाई डोर म्याटले छोपि दिन्थे । तर यहाँ होटेल संचालकको पनि मिलेमतो भएको आशंकामा प्रहरीले छानविन गरिरहेको छ ।
अन्तिम दिन अर्थात शनिवार हुसैनले त्यहाँ डेढ फिटको प्वाल पारे, र वार पार हुन सक्ने गराए । शनिवार दिउँसो पसल बन्द हुन्थ्यो । उनी त्यहि प्वालबाट सुन पसलमा झरे र उनलाई कहाँ के छ सबै थाहा थियो । उनले लकर फोरेर ३ किलो सुन लिएर फरार भए ।
जब प्रकाशले भोली पल्ट पसल खोले तब मात्र त्यो छतको प्वाल देखियो । उनले होटेललाई र प्रहरीलाई खबर गर्दा उनले होटेलमा बुझाएको परिचय पत्र नक्कली भएको पाईयो । र उनले शनिबार बेलुका ६ बजे होटेलमा चेक आउट गरेको देखियो ।
घटना भारतको बेंगलोरको प्लाटिनम लजमा भएको हो ।