नेपालमा रेस्लिङ प्रतियोगीता हुँदै, छ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २८ गते रेस्लिङ प्रतियोगीता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमसँगको सहकार्यमा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिको आयोजना गर्न लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । 

त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।  

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु,  वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको डिस होमले प्रसारण गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved