मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 11:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मुम्बई इन्डियन्स भारतमा जारि इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो । मुम्बई फाइनल प्रवेश गरेको यो पाचौ पटक हो  । 

टस जितेर ब्याटिंग रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन जोड्यो । चेन्नईको लागि अम्बती रईडूले सर्बाधिक ४२ र महेन्द्र सिंह धोनीले ३७ रन जोडे । यी दुवै ब्याट्सम्यान नट आउट रहेका थिए । त्यस्तै मुरली विजयले २६, शेन वाट्सनले १० रन जोडे । फ्याब डुप्लेसी र सुरेश रिनाले दोहोरो अंकको रन बनाउन सकेनन । चेन्नईलाई सस्तैमा समेट्ने क्रममा राहुल चाहरले २ तथा क्रुनल पाण्डे र जयन्त यादवले १-१ विकेट लिए । 

१३२ रनको लक्ष्य पाएको मुम्बईले उक्त लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । मुम्बईको लागि सुर्य कुमार यादवले सर्बाधिक नट आउट ७१ रन जोडे भने इसान किसनले २६ रन तथा हार्दिक पाण्डेले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन । 

आजको खेलमा पराजित भएको चेन्नईले फाइनल प्रवेशको लागि थप १ मौका पाउने छ ।  चेन्नईले अब फाइनल प्रवेशको लागि दिल्ली र हैदरावादबीचको खेलको बिजेतासंग प्रतिस्पर्धा गर्ने छ । दिल्ली र हैदरावाद बुधबार भिड्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved