लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, चलेन मेस्सीको जादु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 09:36:40 AM मा प्रकाशित

laxmi  sunrise bank

साविक बिजेता बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले बार्सिलोनालाई पराजित गरेको हो  । च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मकै उत्कृष्ट ‘कमब्याक’ गर्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा तीन–शून्यले पछाडी परेको लिभरपुलले दोस्रो लेगमा बार्सिलोना बिरुद्द ४-० अन्तरको शानदार जित निकाल्यो। जित संगै लिभरपुल लगातार दोस्रो सिजन फाइनल प्रवेश गरेको छ  ।   लिभरपुलको जितमा ओरिगी र विग्नाल्डमले दुई–दुई गोल गरे । खेलको सातौं मिनेटमा ओरिगीको गोलमा लिभरपुलले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल थप्यो । २ मिनेट भित्र लिभरपुलका लागि विज्नाल्डमले २ गोल गर्दै खेल समग्रमा तीन तीनको अवस्थामा पुर्‍याए । उनले खेलको ५४ औं र ५६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ७९ औं मिनेटमा ओरिगीले ब्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ऐतिहासिक जित निकालेको हो ।

फाइनल प्रवेशको लागि आज आजाक्स र टोटनहम भिड्ने छन्  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved