‘बालोन डि ओर’ अवार्ड बेन्जेमालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 10:19:26 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक बालोन डिओर अवार्ड जितेका छन् । बेन्जेमाले लिभरपुल–बायर्नका साडियो माने र म्यानचेस्टर सिटीका केभिन डि ब्रुयनालाई पछि पार्दै बालोन डिओर अवार्ड जितेका हुन् ।

रियललाई २०२१–२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन उच्च प्रदर्शन गरेका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमा सन् १९९८ मा जिनेदिन जिदानपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।

बेन्जेमा यस वर्ष बालो डिओर अवार्डका लागि सबैभन्दा बलिया हकदार थिए । ३४ वर्षिय उनी सन् २००९ देखि रियल म्याड्रिडमा छन् ।

बालोन डीओर अवार्डका लागि विश्वभरका १ सय जना पत्रकारले मतदान गरेका छन् ।

बायर्न–बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, लिभरपुलका मोहम्मद सलाह, पिएसजीका केलियन एमबाप्पे, रियल म्याड्रिडका थिवाउट कोर्टुवा, रियलकै भिनिसियस जुनियर, रियलकै लुका मोड्रिच र बोरुसिया डर्टमुन्ड–म्यानचेस्टर सिटीका एर्लिङ ब्राउट हालान्ड शीर्ष १० मा रहेका थिए ।

ह्युङ मिन सन, रियाद महारेज, सेवास्टिन हालेर, फाविन्हो र भर्जिल भान डाइक अन्तिम १६ मा रहे । लुई डियाज, डुसान भ्लाहोभिच र क्यासमिरो संयुक्त रुपमा १७औं स्थानमा रहेका छन् । क्रिस्टियानो रोनाल्डो २०औं तथा ह्यारी केन २१औं स्थानमा रहेका छन् ।

सबैभन्दा बालोन डिओर अवार्ड जित्ने खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी हुन् । उनले हालसम्म ७ टिक यो अवार्ड जितेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ५ पटक जितेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved