मैदान छिर्न नमानेका रोनाल्डोलाई कारवाही !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2022 | 02:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने भएको छ । वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमानेपछि उनलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले कारबाही गर्ने भएको हो । 

मंगलबार टोटेनहमविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमानी रोनाल्डोले मैदान छाडेपछि उनलाई कारबाही हुने प्रशिक्षक एरिक टेन हागले बताएका छन् । 

खेलको अन्तिम समयतिर युनाइटेड २–० को अग्रतामा रहँदा प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए । तर, रोनाल्डो मानेनन् । त्यसपछि, खेलको ८९ औं मिनेट चलिरहँदा रोनाल्डो मैदान नै छोडेर ड्रेसिङ रुम गए । 

प्रशिक्षक टेन हागले पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने प्रष्ट पारेका छन् । 

‘म यहाँको प्रशिक्षक हुँ । यहाँ कस्तो संस्कृति बसाल्ने मेरो जिम्मेवारीमा पर्छ’ उनले भनेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved