बससेवा ट्राभल एण्ड टुर अन्तर्गतका सेवाग्राहीहरूले अबदेखी ‘आइएमई पे’ मार्फत भाडा तिर्न सक्ने भएका छन् । बससेवा ट्राभल मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको जनाईएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्राभल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरे ।