कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले वुटवलमा ९ औँ संस्करणको क्यान इन्फोटेकको आयोजना गर्ने भएको छ । महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा मेला गर्न लागेको हो ।
मेलामा १ सय १० वटा स्टल रहने र सबै स्टल बुकिङ्ग भइसकेको आयोजकले जनाएको छ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले बताए । उनका अनुसार मेला प्रवेशका लागि पेपर लेस टिकटको व्यवस्था गरिएको छ। मेलामा महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहको सहभागिता रहने भएको छ ।
क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुवरले मेलामा नेपालमा उत्पादन भई बाहिर निर्यात भएका सफटवेयरका बारेमा समेत जानकरी गराउने प्रयास गरीने बताए । प्रर्दशनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुराउने बताउँदै हालै सरकारले ल्याएको डिजिटल नेपाल फेमवर्कलाई समेत सहयोग पुग्ने दावी गरे।
प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स पावर सोलुसन्स् , मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटस् , ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, आई टि टेनिङ्ग ईन्स्टिच्युट्स, सटवेर सोलुसन पेमेन्ट सोलुसनस् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हाडवेयर सटवेयरसँग सम्बन्धित विभिन्न साम्रागीहरुका स्टल रहने छन् ।
यस पटकको संस्करणमा मुख्य आकर्षकका रुपमा अत्याधुनिक सुरक्षा प्रविधिको प्रर्दशनी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानीकहरुद्वारा निर्मित रोवट र ड्रोन, सूचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता रहेको आयोजकले जनाएको छ । क्यान ईन्फोटेकको मुख्य प्रायोजन प्रभु पे तथा एशोसिएट प्रायोजक‘वल्ड लिंक’ रहेका छन् ।