अर्थमन्त्री डा. युवराज खतिवडाले लाइसेन्स लिएर सेवा नदिने र सरकार बिरुद्द अदालत जाने परिपाटी अन्त्य हुनु पर्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दुरसंचार सेवा प्रदायक कम्पनीहरुलाई सरकारबाट जे गर्न लाईसेन्स लिएको त्यो काम गर्न निर्देशन दिए ।
चौधरी ग्रुपको सिजी कम्पनीको नाम नलिई सोहि कम्पनीलाई लक्षित गर्दै उनले भने 'आफु लाईसेन्स अनुसार काम नगर्ने अनि लाइसेन्स अनुसार काम गर्न सरकारले निर्देशन दिंदा अदालत जाने परिपाटी बन्द गर्नुपर्छ' ।
दूरसञ्चार प्राधिकरणले सिजीको लाईसेन्स खारेज गरेपछि कम्पनी सरकार बिरुद्द अदालत गएको थियो ।