क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 11:20:31 AM मा प्रकाशित

laxmi  sunrise bank

क्लिन फिडका कारण अधिकांश च्यानलहरु बन्द भएपछि युट्युब विकल्प बनेको छ। कात्तिक ७ देखि क्लिन फिड कार्यन्वयनमा आएपछि बन्द भएका च्यानलमा आउने कार्यक्रमहरु नेपाली उपभोक्ताहरुले युट्युबमा हेरेर चित्त बुझाएका छन्। 

क्लिन फिड अर्थात बिज्ञापन रहित च्यानल प्रशारण गर्न नसकेपछि नेपालमा चर्चित नेटवर्क स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्स अन्तर्गतका च्यानलहरु बन्द भएका छन्। जस कारण यी नेटवर्क अन्तर्गतका च्यानलमा आउने कार्यक्रमहरु नेपाली उपभोक्ताले युट्युब मार्फत हेर्न बाध्य भएका छन्। 

भारत मात्र नभई विश्वका धेरै देशहरुमा लोकप्रिय रहेको कलर्समा प्रशारण भईरहेको कार्यक्रम बिग बोस सिजन १४, स्टार नेटवर्कमा प्रशारण भईरहेको दुबईमा जारी आइपीएल,  इंग्लिस प्रिमियर लिग र अन्य चर्चित लिगहरु युट्युब मार्फत नै हेरिरहेका छन्। यति मात्र नभई नेपाली बालबालिकाले हेर्दै आएका बिभिन्न कार्टुन आउने च्यानलहरु बन्द भएपछि बालबच्चाहरुले समेत युट्युबमा नै ती कार्यक्रम हेर्न थालेका छन्। 

क्लिन फिडमा ठुलाका आ-आफ्ना स्वार्थ, जनताले इच्छाएको च्यानल हेर्न नपाउने

सरकारले क्लिन फिड लागू गर्ने भनेपनि कुन मोडालिटीमा गर्ने भन्ने स्पष्ट पार्न नसक्दा अहिले यो समस्या आएको च्यानल वितरकहरुको भनाई छ। कसरी लागू गर्ने भन्ने स्पष्ट नपारी कार्यन्वयन गरिएकाले नेपालका च्यानल वितरक मात्र नभई बिदेशका ब्रोडकाष्टहरु समेत अन्यौलमा परेको देखिन्छ। 

डाउनलिंक गर्दा नै क्लिन फिड हुने कि नहुने, बक्स हालेर फिड क्लिन गरेर च्यानल देखाउन पाइने कि नपाइने, विदेशी च्यानलमा प्रशारण हुने कार्यक्रमका विचमा नेपाली विज्ञापन देखाउन पाइने कि नपाइने, क्लिन फिड लागू गर्न प्रयोग हुने प्रविधि कस्तो हुने जस्ता विषयमा सरकारसंग पटक  पटक जवाफ मागेपनि सरकारले यसको जवाफ कहिल्यै नदिएको च्यानलहरुको भनाई छ। 

बिज्ञापन रहित च्यानल प्रशारण गर्नुपर्ने तर कसरी गर्ने भन्ने स्पष्ट नभएकाले नेपालीहरुले यसअघि हेर्दै आएका च्यानलहरु हेर्नलाई अझैं महिना डेढ महिना कुर्नु पर्ने सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

कलर्स नेटवर्कका केहि च्यानलहरु यहि साता बिज्ञापन रहित प्रशारण गर्ने प्रयास भएको जानकारी गराउंदै पराजुलीले अन्य च्यानल आउँनलाई डेढ महिना जति लाग्ने बताए। 

आफुलाई मनपर्ने कार्यक्रम हेर्ने विकल्प जसरी युट्युब बन्न पुगेको छ, त्यसैगरि विदेशका विज्ञापनदाताले नेपालमा आफ्नो उत्पादनको प्रचार प्रसार तथा प्रवर्द्धन गर्नलाई युट्युब, फेसबुक लगायतका सोसियल मिडिया तथा इन्टरनेटमा आधारित अन्य विकल्प रोज्न सक्ने आशंका गरिएको छ। 

क्लिन फिडमा चुक्यो सरकार: नेपालीहरुले 'तत्काल' चर्चित च्यानल हेर्न नपाउने

टेलिभिजनवालाको बदमासी यथावत

सरकारले २०७६ साल कात्तिक ७ गतेदेखि क्लिन फिड अर्थात बिदेशी च्यानलमा बिज्ञापन बजाउन नपाउने नियम लागू गरेपछि धेरै चर्चित च्यानल बन्द भएका छन्। विज्ञापन सहित विदेशी च्यानल देखाउँदा कारबाही भोग्नुपर्ने डरले सबै च्यानल वितरकले क्लिन फिड नभएका च्यानल बन्द गरेका छन्। 

तर विज्ञापन ऐनमा नै व्यवस्था भएको र एक बर्ष अगाडी नै कार्यन्वयनमा आएको विदेशी डब बिज्ञापन बजाउने नपाउने नियम कार्यन्वयन भएको छैन। हिमालय टेलिभिजनले अहिलेपनि विदेशी डब बिज्ञापन बजाएर बिज्ञापन ऐनको व्यवस्था बिपरित काम गरेको छ। 

त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा परिचित वर्ल्ड लिंकले संचालन गरेको नेटटिभी मार्फत प्रशारण भएका विदेशी टेलिभिजन च्यानलहरु अहिले पनि क्लिन फिड को सिद्दान्त बिपरित प्रशारण भईरहेका छन्। विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने कानुनी व्यवस्था विपरित नेटटिभी मार्फत प्रशारण भईरहेका विदेशी च्यानलहरुमा खुलेआम बिज्ञापन प्रशारण भैरहेका छन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved