नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि नयाँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 02:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company  ले ‘पाठशाला सीयूजी सिम’ योजना अन्तर्गत वितरण गरेको सिमकार्ड प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले सो  सिममा असीमित कुराकानी, बल्क एसएमएस र ५ जिबी डाटाको सुविधा उपलब्ध गराएको हो । सो सिममार्फत ग्रुपमा आवद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने कम्पनीले जनाएको हो । 

यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा ९९ रुपैयाँ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने जनाइएको छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सकिने छ । 

कम्पनीले हाल देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयूजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो । विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved