टेलिकमले भन्यो 'आईफोनको अफर भ्रामक हुन्, विश्वास नगर्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 01:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफुले आईफोन वितरण गर्ने कुनै पनि अफर संचालन नगरेको जनाएको छ। टेलिकमले पछिल्लो समय सामाजिक सञ्जालमा प्रकाशित भएका गतिविधिबारे आपत्ति जनाउदै ति अफरहरु टेलिकमको तर्फबाट नरहेको र भ्रामक रहेको जनाएको हो ।  

 मंगलबार टेलिकमले एक सार्वजनिक सूचना प्रकाशन गर्दै अनाधिकृत पेजमा आफ्ना कुनै बिवरण, सूचना उपलब्ध नगराउन आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामग्रीहरु प्रयोग गरी विभिन्न सोसल मिसिडयामा अनाधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भइरहेकाले नेपाल टेलिकमको आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिनुहुन ग्राहकहरुलाई आग्रह गर्दछौँ ।’

पछिल्लो समय टेलिकमको फेक अकाउन्ट बनाएर आइफोनको प्रलोभन देखाईएको छ । त्यसरी देखाईएको लिंक खोल्दा फेसबुकको आईडी र पासवर्ड माग गरिने र त्यसले आफ्नो व्यक्तिगत डाटा चोरी हुन सक्ने विज्ञहरुले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved