नेपाल टेलिकमसँग प्राधिकरणले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 04:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाइ स्पष्टिकरण सोधेको छ । टेलिकमले समन्वय नै नगरी द्रुतमार्गमा अप्टिकल फाइबर विद्याउन सम्झौता गरेको भन्दै नियामक निकायको रुपमा रहेको प्राधिकरणले मंगलबार स्पष्टिकरण सोधेको हो । 

दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को नियम ११ मा समेत ठूला पूर्वाधार निर्माण गर्न प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको भन्दै ७ दिनभित्र जानकारी उपलब्ध गराउन पत्र पठाईएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी लेखिएको सो पत्रमा बोधार्थ तथा अवगतार्थमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, रक्षा मन्त्रालय, सडक विभाग ललितपुर र काठमाडौं–तराईरमधेश द्रुतमार्ग परियोजना (नेपाली सेना) लाई उल्लेख गरिएको छ ।

प्राधिकरणले वार्षिक कार्यक्रममा समेत ‘द्रुतमार्गमा फाइबर बिछ्याउन’ रहेको जनाएको छ । 

टेलिकमले पुस १० गते नेपाली सेनासँग द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved