‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर, डिशहोम टिभीमा मासिक शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 11:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुने कम्पनीले जनाएको छ। 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ । निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । 

भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ । ्

बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्क प्रा.लि.ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि यो सेवा विस्तारको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved