आइफोनमा किन चल्दैन नागरिक एप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 01:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आईफोन निर्माता कम्पनी एप्पलले आईओएस अपडेट नगरीदिँएका कारण आईफोन प्रयोगकर्ताले  ‘नागरिक एप’ प्रयोग गर्न नसकेको पाईएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले कम्पनीले आईओएस अपडेट गरेपछि मात्र एप प्रयोग गर्न सकिने जनाएको हो ।

  १५ दिनअघि नै आइफोन निर्माता कम्पनी एप्पल लाई इमेल मार्फत जानकारी गराईएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । एप्पललाई आइओएस अपडेट गर्न इमेल मार्फत अनुरोध गरिएपनि हालसम्म कुनै जानकारी नआएको केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले बताए । 

एप प्रयोग गर्नको लागि आफ्नै नाममा सिम कार्ड भएको हुनु पर्दछ । तर आईफोन प्रयोगकर्ताहरुले भने आफ्नै नाममा सिम कार्ड भएपनि एप चलाउन नपाएका हुन् ।  

सुचना अधिकारी रमेश पोखरेलका अनुसार सुरुको तुलनामामा अहिले एप भेरिफाई गराउने प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । ‘सुरुमा आफ्नो नाममा सिमकार्ड नहुँदा समस्या देखिएको थियो, हामीले नेपाल टेलिकम र एनसेलसँगको छलफलपछि एप सञ्चालनमा सहज भएको छ, डाउनलोड गर्नेसगैँ एपको प्रयोगकर्तामा बृद्धि भएको छ’, उनले भने ।  स्मार्ट टेलिकमका प्रयोगकर्ताले पनि एप चलाउन नसकेको उनले जानकरी दिए । 

सबै सरकारी सुविधा एकै स्थानबाट प्रदान गर्ने उदेश्यका साथ सरकारले माघ २ गतेदेखि यो एप सञ्चालनमा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved