टेलिकमको फोरजीमा चल्ने वाइफाइ सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 12:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले फोरजीमा चल्ने वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले १७ औँ वार्षिक साधारण सभाको अवसर पारेर आजबाट वायेरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको हो । 

टेलिकमले सस्तो दरमा फोरजी वायरलेस होम ब्रोण्डब्याण्डमा उक्त सेवा प्रयोग गर्न सकिने जनाएको छ । प्रति महिना ९ सयदेखि १६ हजार रुपैयाँ सम्मको प्योकेजमा वाइफाइबाट फोरजी चालउन सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए । उनका अनुसार १६ हजार रुपैयाँमा प्याकेज लिँदा प्रति जीबी ११ दशमलव ११ रुपैयाँमा फोरजी सेवा सञ्चालन गर्न सकिनेछ । 

यसैगरी उक्त सेवा प्रति महिना नौ सय रुपैयामा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७२० जीबी र १६ हजार रुपैयाँमा १४ सय ४० जीबीमा उपलब्ध रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved