६ सय ३१ स्थानीय तहमा टेलिकमको फारेजी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 10:44:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ६ सय ३१ स्थानीय तहमा फोरजी सेवा विस्तार गरेको छ । ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमध्येमा उक्त तहमा फोरजी सेवा पुगिसकेको टेलिकमले जनाएको छ । 

बिहीबार १७ औँ वार्षिक साधार सभाको अबसरमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले सबै स्थानीय तहमा फोरजी सेवाको विस्तारको कार्य तिव्ररुपमा भइरहेको बताए । ‘हामी बाँकी रहेका एक सय २२ स्थानीय तहमा फोरजी सेवा विस्तार छिटै गछौँ । सबै स्थानीय तहमा फोरजी सेवा सगैँ मुख्य पाँच शहरमा फाइभ जी परीक्षणको तयारी भएको छ’, उनले भने ।

नेपाल टेलिकमको डेढ बर्षअघि बृहत कार्ययोजना बनाएर सुरु गरेको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा ३९ जिल्लामा पुर्याइसकेको छ । एउटै तारबाट तीन छुट्टा छुट्टै सेवा प्रवाह गर्ने नेपालको पहिलो कम्पनी नेपाल टेलिकम रहेको बताईएको छ । केही समयअघि परीक्षणका रुपमा फाइबरमा एनटी टिभी सेवा थप गरेर सुरुवाती चरणमा कम्पनीले काठमाडौँ उपत्यका भित्रका केही स्थान र काभ्रेको बनेपामा सञ्चालनमा ल्याएको छ । 

कम्पनीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको रुपमा एड्भान्स फोरजी तथा एलटीई सेवा विस्तारको काम जारी रहेको बताएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा ९ अर्ब बढी नाफा कमाएको टेलिकमले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) नै डेढ अर्ब बढी नाफा कमाउँन सफल भएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved