नेपालको यी ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 11:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले नेपालको ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने जनाएको हो ।

आईस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ्ग, गाईघाट, इनारुवा, धरान, धुवही, लहान र डोटीको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने छ ।  नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढङ्गले इन्टरनेट प्वाइन्ट - Data Center, POP र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरवेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा भईरहेकोले ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने आईस्पानले जनाएको हो । 

आईस्पानका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन काट्नाले त्यहाँ हाल ब्याकअप सिस्टमको प्रयोग भइरहेको छ। ब्याकअप सिस्टमले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था भएकोले कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्छ।

आईस्पानले भनेको छ 'ब्याकअप सिस्टमले धान्न छोडे पछी यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सवैलाई दुःखका साथ जानकारी गराउदछौ।'

आफुहरुले पोल भाडा तिर्न तत्पर रहेको तर नेपाल सरकारको उच्च स्तरिय समितिको प्रतिवेदन अनुसार भएमा मात्र आफुहरुले भदा तिर्ने आईस्पानले प्रष्ट पारेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved