नमस्ते पेबाट प्लेन टिकट किन्न मिल्ने, हरेकलाई १५० रुपैयाँ क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 05:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा हाल एण्ड्रोईडमा मोबाइल एपमा उपलब्ध रहेको र चाँडै  आईओएसमा पनि आउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने विश्वास कम्पनीको छ।

कम्पनीले उडान गर्नेहरूका लागि आकर्षक  अफर ल्याएको छ। कम्पनीका अनुसार उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु १५० को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु वालेट सेवाको उद्देश्य रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved