डिशहोममा रिचार्ज गर्दा पन्तले जिते नगद १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 08:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोममा एक वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले एक लाख जितेका छन् ।  सुक्लाफाँटा नगरपालिका—१ का निवासी रमेश पन्तले एक लाख जितेका हुन् ।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । कम्पनीले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर ल्याएको थियो । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने ब्यबस्था कम्पनीले गरेको थियो।  यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। सोहि अनुसार पन्तले १ लाख जितेका हुन् ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमालले पन्तलै पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।  

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved