स्वच्छ हावा र प्रकाशको माग गर्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी हड्तालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 01:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणका कर्मचारी हड्तालमा उत्रेका छन् । नेपाल दुरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले यस अघि राखेका माग पुरा नभएको भन्दै पुन: आन्दोलन थालेको हो ।

प्रतिकुल कार्यालय वातावरणका कारण कर्मचारीहरुको खस्कदो स्वास्थ्य स्थितिलाई लिएर यूनियनले पटक पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको तथा यूनियनले २०७८/०९/०२ गते पेश गरेका मागहरु सम्बोधन नभएकाले २०७८/११/१९ गते स्थगित आन्दोलनका कार्यक्रमहरु आज साउन ९ गते देखि पूनः सुचारू गरिएको यूनियनले जनाएको छ। 

श्रम नियमावली, २०७५ को नियम ४४(ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, यूनियनको तर्फबाट २०७८/०९/०२ मा पेश भएका मागहरु पुरा हुनुपर्ने, कर्मचारीहरुलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासगं तत्काल आवद्ध गरिनुपर्ने, र आधारभूत मापदण्ड समेत पुरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीवाट राष्ट्रिय नाँचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/समिति उपर कारवाही हुनुपर्ने माग युनियनले राखेको छ।

यूनियनले आन्दोलनका कार्यक्रमहरु अन्तर्गत साउन ९ गतेदेखि साउन १३ गतेसम्म प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरुको Digital Signature Token संकलन गरी व्यवस्थापन समक्ष बुझाउने जनाएको छ। 

साउन १३ गतेसम्म उल्लेखित मागहरु पुरा नभए अझ कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने र आन्दोलनको अवधिभर यूनियनका कुनै पनि सदस्यहरु काजमा नजाने निर्णय यूनियनले गरेको छ।

कार्यकक्षमा खुला हावा र उचित प्रकाश हुनुपर्ने कर्मचारीको मागमा अध्यक्ष पुरुषोत्तम खनालले 'अब अक्सिजन किन्न लागेको' भन्दै कटाक्ष गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । 

प्राधिकरणका कर्मचारी भन्छन् 'व्यवस्थापनले हामीलाई रोगी बनायो'

प्राधिकरणका सहायक निर्देशक ओम प्रकाश महतोले ब्यबस्थापनले आफुहरुलाई रोगी बनाएको बताएका छन्। प्राधिकरणको वातावरण काम गर्न नसकिने खालको भएकोले आन्दोलनको विकल्प नभएको उनले बताए । उनले भने 'सानो कार्यकक्ष, हावा प्रकाश नआउने, भिटामिन डीको कमी भयो, डाक्टरले त्यहाँ नबस भन्छ, अहिले औषधि खाइरहेको छु । यस्तोमा बसेर काम गर्न सक्दिन अब । आन्दोलनको विकल्प देखेनौं ।'



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved