टेलिकमको कुल आय बढ्दा पनि खुद मुनाफा घट्नुको वास्तविक कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 06:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष  सरकारी स्वामित्वको नेपाल टेलिकमको संचालन आम्दानी घटेपछि टेलिकमको चर्को आलोचना भएको छ। कुल आय बढ्दा पनि संचालन आम्दानी घटेपछि टेलिकमको आलोचना भएको हो। 

अघिल्लो आर्थिक वर्षको तुलनामा टेलिकमको कुल आय ४९ करोडले बढेर ४४ अर्ब ३७ करोडबाट बढेर ४४ अर्ब ८६ करोड पुगेको छ। तर कुल संचालन आय १ अर्ब ११ करोडले कमि भई ३६ अर्ब ८० करोडमा सिमित भएको छ। 

संचालन आम्दानीमा १ अर्ब ११ करोडले कमी आउँदा टेलिकमको खुद मुनाफा पनि ६६ करोड ६२ लाखले घटेर ८ अर्ब ४७ करोडबाट ७ अर्ब ८० करोडमा झरेको छ। ब्याज आम्दानी तथा अन्य अवस्था राम्रो हुँदा पनि खुद मुनाफा घटेपछि विशेषगरि शेयरको दोस्रो बजारका लगानीकर्ताले टेलिकमको आलोचना गरेका हुन्। 

यद्यपि संचालन खर्च बढेकाले नै टेलिकमको खुद मुनाफामा असर परेको टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको भनाई छ। उनकाअनुसार रोमिङ्ग सेवाको बढ्दो प्रयोग, बढ्दो ब्याज, विदेशी विनिमयबाट प्राप्त फाइदा लगायतका कुराहरुले टेलिकमको नाफामा वृद्धि भएपनि संचालन खर्च, ओटीटिको प्रयोग, कोभिड १९ ले रोकिएको कर्मचारीको तालिम जस्ता कुराहरु बढेकाले संचालन खर्च बढेको हो।  त्यसमा पनि आर्थिक ऐन २०७९ को सेवा दस्तुरबारेको व्यवस्थाले पनि टेलिकमको आम्दानीमा प्रत्यक्ष असर परेको हो। 

कोभिडको कारण रोकिएको तालिम अहिले तिब्ररुपमा अगाडी बढेको र टेलिकमका कर्मचारीलाई तालिमको लागि चीन पठाएकोले तालिम खर्च पनि बढी भएको पौडेलको  भनाई छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved