डिशहोममा झिंगेदाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 07:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोममा चलचित्र झिंगेदाउ प्रदर्शन भईरहेको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु डिशहोममा प्रदर्शन गर्ने क्रममा डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि झिंगेदाउ प्रदर्शन भईरहेको डिशहोमले जनाएको छ ।

यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको छ ।  विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर चलचित्र हेर्न सक्ने डिशहोमले जनाएको छ । 

डिशहोमका अनुसार छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट क्ःक् पठाएर चलचित्र हेर्न सकिने डिशहोमले जनाएको छ  । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिने उल्लेख गरेको छ ।  डिशहोमका अनुसार ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्ने छन्।

डिशहोमका अनुसार नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved