दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियन चुनावमा जैशीको प्यानल विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 10:38:05 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवराज जैशी समूहले नेपाल दूरसञ्चार प्राधिकरणको कर्मचारी युनियनको चुनाव  ‘क्लिन स्विप’ गरेको छ। प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मतले पराजित गर्दै  यूनियन अध्यक्षमा शिवराज जैशी निर्वाचित भएका हुन्।  


आधिकारिक कर्मचारी यूनियन नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका लागि भएको चुनावमा जैशी समूह विजयी भएको हो । सबै पदमा शिवराज जैशी समुहका उम्मेदवार निर्वाचित भएका हुन् । 


यूनियनको उपाध्यक्षमा  सरिता ज्ञवाली,  सचिवमा राजु रिजाल, र कोषाध्यक्षमा मनोज पौडेल विजयी भएका छन्  ।  सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्ल विजयी भएका छन्। तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा थिए।


नेपाल दूरसञ्‍चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियन निर्वाचन भएको हो । प्राधिकरणमा सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरु युनियनमा सहभागी हुन र मतदान गर्न सक्ने व्यवस्था छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved