टेलिकमले इन्टरनेट स्पिड बढाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 07:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आगामी विहिवार ( २०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेज ( Individual Package) मा प्रोमोसनल अफर ( Promotional Offer ) उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर (NT Fiber) सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड ( Speed) लाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्ने छन्।

यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अवदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्न सक्ने र हाल ८० एमविपीएस सेवा लिइरहेका  सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । यसका साथै हाल उपलब्ध हुँदै आएको Fair Usage Policy लिमिटलाई समेत वढोत्तरी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइवर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोवाइल नम्बरबाट *1416# डायल गर्नु पर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved