BREAKING: बेलायती कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत शेयर, ६ अर्बको डिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 06:08:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको ८० प्रतिशत शेयर स्वमित्व बेलायती कम्पनीले किनेको छ । एनसेलको माउ कम्पनी एक्जियटा र बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड बीच आज शुक्रबार ५० मिलियन डलर अर्थात् नेपाली रुपैयाँ ६ अर्ब ६६ करोडमा शेयर खरिद बिक्री सम्झौता भएको हो 

बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड सतिशलाल आचार्यको कम्पनी हो । उक्त कम्पनीको चुक्ता पुंजी १ लाख डलर रहेको छ । कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ। अर्थात् एनसेलको ८० प्रतिशत शेयर आचार्यले नै खरिद गरेका हुन् । 

शेयर खरिद बिक्री सम्झौता अनुसार खरिदकर्ताले ५० मिलियन डलर २ किस्तामा बुझाउने उल्लेख छ  । ५ मिलियन डलर ६ महिना भित्र र बाँकि ४५ मिलियन डलर ४८ महिना भित्र बुझाउने उल्लेख छ  । सन् २०२२ को लागि घोषणा भएको तर वितरण भईनसकेको लाभांश एक्जियटाले नै पाउने सम्झौतामा उल्लेख छ 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved