एनसेल खरिदबिक्रीमा लेखा समितिको चाँसो, तालुकदार अड्डालाई पठायो ९ बुँदे प्रश्नपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 12:25:19 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर स्वामित्व खरिद बिक्रि भएको बिषयबारे चाँसो देखाएको छ। एनसेलको शेयर स्वामित्व खरिद बिक्रिसँग सम्बन्धित समाचार बाहिर आएको दोस्रो दिन अर्थात आज आइतबार समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्टारको कार्यालय र  नियामक नेपाल दुरसंचार प्राधिकरणलाई प्रश्न गर्दै चाँसो देखाएको हो। 

समितिले एनसेलको शेयर स्वामित्व खरिद बिक्रिको बिषयबारे आज एक पत्र मात्र यी संस्थाहरुलाई ९ बुंदे प्रश्न पठाएर यसको जवाफ मागेको हो। स्वामित्व हस्तान्तरण गर्दा कर आकर्षित हुन्छ हुँदैन, शेयर स्वामित्व हस्तान्तरण हुँदा नियामक प्राधिकरणलाई जानकारी गराउनुपर्छ पर्दैन, शेयर स्वामित्व हस्तान्तरण गर्दा दिइएको कारणले नेपालमा बिदेशी लगानीको वातावरणमा प्रभाव पर्छ पर्दैन जस्ता बिषयहरु समेटेर समितिले ९ वटा प्रश्न सोधेको हो। 

एक्जियटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रिनल्ड होल्डिङमा भएको आफ्नो शतप्रतिशत स्वामित्व बेलायतस्थित स्पेक्ट्रलाइट कम्पनीलाई बिक्रि गर्ने सम्झौता गरेको हो। एक्जियटा र स्पेक्ट्रलाइटबीच नेपाली रुपैयाँ करिब ६ अर्ब रुपैयाँमा उक्त 'डिल' भएको हो। 

एक्जियटा र स्पेक्ट्रलाइटबीच नेपाली रुपैयाँ करिब ६ अर्ब रुपैयाँमा एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रिनल्ड होल्डिङको शेयर किनबेचको सम्झौता भएपछि नेपालमा यो सबैको चाँसोको बिषय बनेको छ। बिजपाटी लगायतका मिडियामा यस सम्झौताबारे बिहिबार नै समाचार आएपनि शुक्रबार मात्रै एनसेलले यो सम्झौताबारे जानकारी गराएको थियो। त्यसयता यस सम्झौता र सम्झौताको कारणबारे एक्जीएटाले दिएका कारणले नेपाली बजारमा चर्चा पाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved