१ महिनामा सबैले कोरोना बीमाको पैसा पाउने, छुट्टै कार्यालयबाट युद्दस्तरमा काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2020 | 12:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कागजात पुगेका तर भुक्तानी हुन बाँकी रहेका कोरोना बीमामा दाबीहरु अबको एक महिनामा भुक्तानी हुने भएको छ। बिमितको संख्या र दाबी दुवैको संख्या बढेपछि छुट्टै कार्यलय र कर्मचारी राखेर युद्दस्तरमा काम भईरहेको बीमा दाबी भुक्तानी सम्बन्धमा बीमा पुल व्यवस्थापक रहेको शिखर इन्स्योरेन्सले जनाएको छ। 

कोरोना बीमा मापदण्ड २०७७ अनुसार दाबीको लागि कागजात पेश भएको ३ दिनदेखि ७ दिनभित्र भुक्तानी गर्नेगरि काम अगाडी बढेको निर्जीवन बीमक संघका अध्यक्ष समेत रहेका शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले बिजपाटीलाई बताए। 

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे

मापदण्ड अनुसार स्पष्ट नभएकालाई भेरिफ़िकेशनको लागि पठाउनुपर्ने भएकाले केहि समय लागेपनि मापदण्ड पुरा गरेकाहरुलाई हप्तादिन भित्र भुक्तानी हुने गरि काम भईरहेको उनले बताए। 

गत असोज र कात्तिकमा संक्रमितको संख्या बढी भएको र त्यहि बेला कर्मचारीहरुमा पनि कोरोना देखिएकाले अवस्था प्रतिकुल बन्न पुगेकाले दाबी भुक्तानी प्रकृया अवरुद्ध भएको थियो तर अहिले हामीले छुट्टै भवन लिएर ४० प्लस कर्मचारीलाई यस काममा लगाएका छौं सीईओ पाण्डेले भने। 

कोरोना बीमाको दाबी भुक्तानीको लागि आबेदन दिने ठाउँ

सीईओ पाण्डेले स्थलगत भ्रमणको क्रममा कोरोना दाबी भुक्तानीको लागि काम गर्नलाई लिईएको भवन र त्यहाँ काम गरिरहेका कर्मचारीलाई देखाउदै भने, प्रकृया पुरा भएका र मापदण्ड पुरा भएका दाबीलाई छिटो भन्दा छिटो भुक्तानी गर्नकै लागि यसरी काम गरिरहेका छौं, दाबीको चाप बढी छ, यसलाई सक्न महिना डेढ महिना लाग्छ त्यसपछि सबै प्रकृया नियमितमा जान्छ। 

अहिले ४० प्लस कर्मचारी खटाएर काम गर्दा पनि दैनिक ७०० देखि १००० वटा आबेदनमाथि कारबाही भएकाले पाइपलाइनमा रहेका दाबी भुक्तानी हुनलाई एक महिना देखि डेढ महिनासम्म लाग्न सक्ने सीईओ पाण्डेले बताए। 

कोरोना बीमा दाबी भुक्तानीलाई व्यवस्थित गर्न खोलिएको छुट्टै कार्यलय

'बीचमा कोरोनाले कर्मचारी पनि अप्ठ्यारोमा परे र अहिलेपनि अवस्था सहज छैन, यी सबका बावजुद हामीले काम गरिरहेका छौं, महिना डेढ महिना धैर्यता राख्नलाई सबैलाई अनुरोध गर्दछु' पाण्डेले भने, 'संख्या पनि बढिरहेकाले समयमै भुक्तानी गर्नलाई अप्ठ्यारो भएको हो तर भुक्तानी नै नभएका भने होइनन, मङ्सिर २५ गतेसम्म ९० करोड ५० लाख रुपैयाँ बराबरको ९ हजार २८२ दाबी भुक्तानी भईसकेका छन्। '

पाण्डेकाअनुसार अहिलेसम्म १९ हजार २०५ वटा कागजात पुरा भएका दाबी परेका छन् भने २ हजार २१८ स्वीकृतको लागि प्रकृयामा रहेका छन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी मा २ हजार १८५ दाबी भेरीफिकेसनको लागि प्रकृयामा छन्। 

कोरोना बीमा दाबी भुक्तानी भईसकेका फाइलहरु

त्यस्तै २६ वटा दाबीमा डुप्लिकेसन देखिएका छन् भने कागजात पुरा नभएकाले १ हजार १५३ वटा दाबी सम्बन्धित बीमा कम्पनीलाई नै फिर्ता गरिएको छ। कागजात पुरा नभई सम्बन्धित कम्पनीले पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउँदा समस्या बढेको भन्दै दाबी भुक्तानीमा सबै कागजात रुजु गरेर मात्र पठाउनलाई बीमा समितिले निर्जिबन बीमा कम्पनीलाई निर्देशन दिएको छ। 

होम आइसोलेसनमा बसेको खण्डमा स्थानीय निकाय वा अस्पतालले सिफारिस गरेको प्रमाणित कागजात हुनुपर्ने व्यवस्थाका कारण केहि स्थानीय तहले करचुक्ता सर्टिफिकेट माग्दा दाबी गर्नलाई अप्ठ्यारो परेको जानकारी आएकाले त्यस्तो भएमा आफुलाई थाहा दिनलाई सीईओ पाण्डेले आग्रह गरेका छन्। 

दाबीको लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेका सम्पूर्ण कागजात सहित आफुले बीमा गरेको कम्पनीमा पेश गर्नुपर्दछ। सम्बन्धित कम्पनीले कागजात पुरा भए नभएको यकिन गरि कागजात पुरा भएका दाबीहरु मात्र शिखर इन्स्योरेन्स पठाउने गर्दछन्। 

कोरोना बीमा दाबीको लागि आवश्यक कागजात


कोरोना बीमा दाबि भुक्तानीको लागि आबेदन फाराम


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved