कार्तिक महिनामा यस वर्ष कै धेरै पर्यटक नेपाल भित्रिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 09:32:37 AM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनामा लकडाउनपछि कै सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि सबैभन्दा धेरै पर्यटक कात्तिकमा नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । 

विभागको तथ्यांक अनुसार एक महिनामा १३ सय ७० पुरुष र ६ सय ३९ महिला गरि २ हजार ९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले विदेशी पर्यटक माथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको जनाईएको छ । 

विभागको तथ्यांक अनुसार गत साउनमा १ सय ३७, भदौँमा ४११ र असोजमा ११ सय ९१ जना विदेशी नेपाल भित्रिएकोमा कात्तिकमा मात्र ८१८ बढी विदेशी भित्रिएका हुन् । कात्तिकमा सबैभन्दा धेरै अमेरिकाबाट भित्रिएका छन् । अमेरिकाबाट २९७ पुरुष र १५८ गरी ४५५ विदेशी नेपाल भित्रिएका हुन् । यसैगरी अमेरिकापछि १८५ पुरुष र १४१ महिला गरी ३२६ बेलायती नागरिक नेपाल भित्रिएका हुन् । 

१ महिनाको अबधिमा ८६ देशका नागरिक नेपाल भित्रिएका भने ७९ देशका विदेशी स्वदेश फर्किएका थिए । 

३५ हजार नेपाली स्वदेश फर्किए

कात्तिक महिनामा मात्र विभिन्न देशमा रहेका ३५ हजार नेपाली स्वदेश फर्किएका छन् । विभागको तथ्यांक अनुसार २९ हजार ६२८ पुरुष, ५ हजार ३६४ महिला र २ जना अन्य गरी ३४ हजार ९९४ नेपाली स्वदेश फर्किए । यसैगरी १८ हजार १४३ पुरुष, ४ हजार ६७ महिला र २ अन्य गरी २२ हजार २१२ नेपाली विदेश फर्किएका छन् । 

१ महिनामा नेपाली र विदेशी गरी ३७ हजार ३ नेपाल भित्रिए भने २४ हजार ८४ विदेश गएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved