पर्यटन बोर्डले गर्यो बीबीसी मास्टर सेफको टोलीलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 05:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको  टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सम्मान गरेका थिए । 

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । 

‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनत्वय हो भन्ने सन्देश गएको छ ।’ उनले भने । यस्तै सन्तोष सहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए । 

सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफुलाई गर्व लागेको बताउँदै नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए । 

उनले आफ्नोसाथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे । यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफुहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए । 

उनीहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिंदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए । 

वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किन लागेको बताउँदै बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुको नेपाल भ्रमणमार्फत गन्तव्यको प्रचार प्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्धारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थानअभियानमाविशेष सहयोग हुने विश्वास व्यक्त गरे । 

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाह सहितको टोली अप्रिल ७ तारिख देखि नेपाल भ्रमणमा रहेको छ । उक्त टोली नेपालका विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्न भएर काठमाडौँ फर्किएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved