८ महिनामा पर्यटन क्षेत्रबाट साढे १४ अर्ब आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 06:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो । 

सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो । 

गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved