पर्यटन प्रवद्र्धनको लागि महांसघ र टुरिजम बोर्डबीच सम्झौता, भारतीय शहरहरुमा रोड शो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 09:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् ।

बिहीबार महासंघको सचिवालय काठमाण्डौमा भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ । त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ । 

कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए । उनले महासंघले लिएको पहल सकारात्मक भएको भन्दै यसको लागि बोर्ड मिलेर का मगर्न सधै तयार रहेको धारणा राखे । ‘खासमा सीमा पर्यटन प्रर्वद्धनको लागि बोर्डका आफ्ना कार्यक्रमहरु प्नि रहेका छन् । पर्यटनसंग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई पनिसँगै लैजान सकिन्छ ।’ उनले भने । कार्यकारी प्रमुख रेग्मीले नेपालको क्रस बर्डर पर्यटन प्रर्वद्धनका लागि बोर्ड नेपालगञ्ज,धरान र धनगढिमा पर्यटन मेला तथा मार्टहरु सञ्चालन गरिसकेको बताउँदै बोर्डले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी बोर्डले काम गरिरहेको जानकारी दिए ।  

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए । ‘पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने छ । यसमा मिलेर काम गर्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास छ । ’उनले भने  । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहको धारणा राखे। अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved