'पर्यटन सेवाको सबै पैसा नेपाल आउन सकेको छैन, बैंकिङ च्यानलबाट कारोबार हुदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 08:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरे बापतको रकम बैंकिङ च्यानल भन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् । सोमवार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पर्यटकहरुले अनलाइन मार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए । कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानल मार्फत नेपाल आउनुपर्ने बताए । उनले व्यवसायीहरुले कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको बताए  । उनले पर्यटन क्षेत्रले राज्यलाई पु¥याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको बताए ।  

उनले भने ,‘पर्यटन व्यवसायीहरुले बनाएको टुरिजम प्याकेज अनलाइनबाट किन्दा अनलाइन एप्सलाइ ३० प्रतिशत लग्ने गर्छ । बाँकी पैसा कम्पनीलाई आउने हो । त्यसमा पनि १३ प्रतिशत भ्याटको कुरा आउने भएकाले त्यो पैैसा नेपालबाट नबुझेर फरेन्ट खातामा कतिपय व्ययवसायीहरुले जम्मा गर्नुभएको छ । त्यसो गर्दा नेपालको अर्थतन्त्रको आयमा देखिने भएन । नदेखिँदा नेपालमा पर्यटन उद्योगको योगदान ३ प्रतिशत मात्रै देखिने भयो । तर नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ७ देखि १० प्रतिशत रहेको छ । सबै पैसा नेपाल आउन सकेको छैन । बैंकिङ च्यानलमा छैन । जहिले पनि सिइओले करका कुरा गर्छ भन्नुहुन्छ मैले करको कुरा नभएर गर्व गर्ने गरी राज्यलाई पर्यटन उद्योगको यति प्रतिशत योगदान छ भनेर भन्नुपर्छ । अहिले त्यो अवस्था नभएकाले यो भनेको हो ।’

प्रमुख रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए । उनले पछिल्ला समय नेपालमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको बताए ।

बोर्डले क्यानडामा नेपालको प्रवद्र्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरबहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved