कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु, शुल्क कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 12:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ ।

कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved