पर्यटक बोलाएर ‘विलासी कर’ असुल्ने विचित्रको नीति !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 06:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षको बजेटमार्फत थपिएको ‘विलासी कर’लाई लिएर होटल व्यवसायीले आपत्ति जनाएका छन् । उसै त महँगो गन्तव्यका रुपमा प्रचार भएर विदेशी पर्यटकहरु आउन चाहेर पनि नआइरहेको बेला झन ‘विलासी कर’ थपिएपछि पर्यटन व्यवसायी आत्तिएका छन् ।

भ्रमण दशक (२०२३–२०३२)को घोषणा र २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको बजेटमा पर्यटक तान्ने रणनीति अपनाउने विषय आउनुको सट्टा अझ महँगो गन्तव्यका रुपमा परिचित हुने गरी पाँचतारेस्तरका होटलमा बस्दा २ प्रतिशत विलासी कर लगाउने भनिएपछि पर्यटन व्यवसायी चिन्तित बनेका हुन् ।

कोरोना भाइरसको महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई लयमा फर्काउन छुट तथा सहुलियत घोषणा हुन्छ भन्ने अपेक्षामा रहेका होटल तथा पर्यटन व्यवसायीहरु विलासी कर लगाउने नीतिले झस्किएका छन् । आर्थिक मन्दीबाट छिटो ‘रिभाइभ’ हुने अस्त्र नै पर्यटन भएको र यसमा जोड गर्न विदेशी दातृ निकायहरुले समेत सुझाव दिइरहेका बेला उल्टै कर असुल्ने नीतिले लय समात्न थालेको पर्यटन क्षेत्र थप जोखिममा धकेलिने देखिएको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् ।

यसको थप भार उपभोक्तालाई पर्ने भन्दै उनले यसले नेपालको पर्यटन क्षेत्रकै नकारात्मक प्रचार हुने जोखिम भएकाले अर्थमन्त्रीले फिर्ता लिनुपर्ने उनको भनाइ छ । उनले पाँचतारे होटलमा सेवा लिने पर्यटकले अतिरिक्त २ प्रतिशत ‘लक्जरी कर’ तिर्नुपर्ने भनेर बजेटमार्फत घोषणा भएको विषय तत्काल फिर्ता नभए हानले आन्दोलन गर्ने शाहको चेतावनी छ । 

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक आगमन बढ्छ भनेर होटल व्यवसायीहरुले लगानी थपेर पाँच तारे होटल खोल्ने लहर सुरु गरेको बेला ती विमानस्थल चलाउने योजना ल्याउनुको सट्टा भएका होटल पनि नचल्ने गरी पर्यटकमार्फत अतिरिक्त कर अशुल्ने नीति ठिक नभएको होटल व्यवसायीहरुले बताएका छन् ।

यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य तथा पर्यटन समितिका सभापति देशबन्धु बस्नेतले एक दशक अगाडीको तुलनामा अहिले होटल तथा पर्यटन क्षेत्रमा ३ सय प्रतिशत लगानी बढिरहेका बेला पर्यटन क्षेत्रमा लागेकाहरुको मनोवल निरुत्साहित हुने र विदेशमा नेपाल महँगो गन्तव्यका रुपमा प्रचार भएर पर्यटन क्षेत्र नै चलायमान नहुने जोखिम बढाउने गरी विलासी करको व्यवस्था ल्याउन लागिएको बताएका छन् ।

‘विलासी कर अन्य देशमा पनि हुन्छ, तर अहिले बेला ठिक भएन’ उनले भने, ‘सबै खालका पर्यटन पूर्वाधार बनेर, खचाखच पर्यटक हुने अवस्था भएपछि मात्रै यस्तो कर लगाउनु उचित हुन्थ्यो, अन्य देशहरुले त्यहीँ गरेका हुन् । तर, बिना कारण महँगो गन्तव्य भन्दै प्रचार भइरहेका बेला थप महँगो गन्तव्य भनिने गरी अहिले विलासी कर लगाउनु उचित भएन ।’

अमेरिकाबाट भारत आउनु र नेपाल आउनुमा हवाई भाडा मात्रै १ हजार डलर बढी भएर महँगो भइरहेका बेला थप शुल्क लगाउँदा यसले निरुत्साहित गर्ने बस्नेतको भनाई छ ।

‘विदेशीका लागि आफ्नो भ्रमणका लागि नेपाल मात्रै अप्सनमा हुँदैन, अरु देशहरु पनि हुन्छन्, उनीहरुले हिसाब गरेर यति भएपछि यो देश घुमिन्छ है भनेर निस्कने हुन्, अब नेपाल आउने योजनामा रहेकाहरुले योजना बदल्न सक्छन्’ उनले भने, ‘महँगो डेस्टिनेशनको ट्याग लागिरहेको छ, अझै बढाउने कुरा गर्नु हुँदैनथ्यो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved