नेपालमा पर्यटक भित्र्याउन नेपाल र बंगालदेशका होटेल संघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 10:15:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवद्र्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन् ।

बंगलादेशी पर्यटकमाझ  नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवद्र्धन गर्न होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बंगलादेश गएको थियो। सो अवसरमा ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवद्र्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ । 

उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा सम्बोधन गदैै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशक , विभिन्न पर्यटनसँग सम्बन्धित  छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको हानले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved