नेपाल आउने पर्यटक बढे, एक महिनामै भित्रिए १ लाख १७ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 02:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल तस्बिर

नेपाल घुम्न आउने विदेशी पर्यटक बढेका छन् । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । बोर्डले अध्यागमन विभागबाट लिएको तथ्यांक अनुसार एक महिनामा नेपाल भित्रिएका पर्यटक हालसम्मकै बढी हुन् । 

अक्टोबर २०१९ मा १ लाख १३ हजार पर्यटक आएर मासिक आगमन संख्यामा रेकर्ड कायम भएको थियो । यस वर्षको अक्टुबरमा आएका पर्यटकको संख्याले उक्त रेकर्ड तोडेको हो । 

अक्टुबरमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यो महिनामा भारतबाट १८ हजार ४८० जना, अमेरिकाबाट १४ हजार ८७९ जना र बेलायतबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ६ हजार ८८० जना, अष्ट्रेलियाबाट ६ हजार ७५ जना, जर्मनीबाट ५ हजार ९१६ जना, फ्रान्सबाट ५ हजार २७१ जना, बंगलादेशबाट ४ हजार २९२ जना, श्रीलंकाबाट २ हजार ५०७ जना र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को १० महिनामा भित्रिए ८ लाख पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि अक्टोबरसम्म ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved