एक महिनाको अवधिमा नै १ लाख ८ हजार पर्यटक नेपाल भित्रिएका छन । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नोभेम्बर महिनामा एक लाख ८ हजार ६३० पर्यटक नेपाल आएका हुन् । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा ३५ हजार ९७७ ले बढी हो । सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका थिए ।
अहिले पर्यटकीय सिजन चलिरहेकाले पर्यटक आगमन उत्साहजनक तरिकाले बढेको बोर्डको भनाई छ । यस महिना नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । यो अवधिमा भारतबाट २४ हजार ४ सय ४३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१ जना र बेलायतबाट ६ हजार १३८ पर्यटक नेपाल आए ।
कुन देशबाट कति
भारत : २४ हजार ४४३
अमेरिका : ११ हजार ४६१
बेलायत : ६ हजार १३८
अष्ट्रेलिया : ५ हजार ६०
थाइल्याण्ड : ३ हजार ९६२
बंगलादेश : ३ हजार ७६१
जर्मनी : ३ हजार ५१२
श्रीलंका : ३ हजार २२८
फ्रान्स : ३ हजार २०५