टिभिएस मोटरको वितरक जगदम्बा मोटर्सको टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनाको प्रारम्भिक चरणको छनौट प्रतियोगीता सकिएको छ । यस छनौट चरण पार गर्न सफल भएका २५ जना टिभिएस अपाचे राइडरहरुले भारतको चेन्नईस्थित मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुन पाउनेछन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टिभिएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न रेस ट्रयाक आयोजना गरिएको बताए ।
छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिने कम्पनीले जनाएको छ । यसरी छनौट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका टिभिएस अपाचे बाइक राइडरहरुले मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाउन पाउनेछन् ।