को बन्दैछ प्रधानमन्त्रीको नयाँ प्रेस सल्लाहकार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 02:23:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको राजीनामा स्वीकृत भएसँगै नयाँ प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्ति गर्ने तयारी थालिएको छ । थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार बनेका थिए । आजकै मन्त्रिपरिषद्बाट थापाको नियुक्ति हुन सक्ने अनुमान गरिएको छ । 

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका विष्णु रिमाल पुनः जिम्मेवारीमा आउँदैछन् । उनीसँगै प्रधानमन्त्रीका आईटीविज्ञ अस्गर अली पनि पुरानै भूमिकामा बालुवाटार फर्किने पक्का भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved