आज अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । जागरुक युवा अभियान नेपालले गत वर्षहरुमा जस्तै राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर र्यालीसहित टोपी दिवस मनाएको हो ।
यस वर्षको दिवसमा अभियानले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत सघाउने गरी ‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ गतिविधि गरेको छ । कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका छन् ।
अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकारलगायतको सहभागिता थियो ।